नेपाली बजारमा आज मंगलबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रतितोला ६ हजार ७ सय रुपैयाँले वृद्धि भई २ लाख ९० हजार २०० रुपैयाँ कायम भएको छ ।
यसअघि सोमबार सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १ सय ४५ रुपैयाँले वृद्धि भई ४ हजार ८ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
सोमबार चाँदी प्रतितोला ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।