मंगलबार सेयर बजारको परिसूचक नेप्से १९.७० अंकले वृद्धि भएको छ । अघिल्ला दुई दिनमा ११९ अंकले घटेको नेप्से आज सुधारिँदै २८५१ अंकमा कायम भएको छ ।
कारोबारका क्रममा दिउँसो १२:०६ बजे नेप्से २७८९ अंकसम्म झरेको थियो, जुन आजको कारोबार अवधिको न्यूनतम विन्दु रह्यो । त्यसपछि बजारमा सुधार हुँदै अन्ततः हरियो सूचकमा बन्द भएको हो ।
कारोबार रकम घट्यो
आज कुल कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन १२ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ११ अर्ब ११ करोड रुपैयाँमा सीमित भएको छ ।
आज १९५ कम्पनीको सेयर मूल्य बढ्दा ६३ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
समूहगत सूचकमा सुधार
आज अधिकांश समूहगत सूचकहरू बढेका छन् । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.९४ प्रतिशतले बढेको छ ।
बैंकिङ: ०.७६%
विकास बैंक: ०.९०%
फाइनान्स: १.१२%
होटल तथा पर्यटन: १.००%
हाइड्रोपावर: ०.७५%
लगानी: ०.५६%
जीवन बीमा: ०.५२%
माइक्रोफाइनान्स: ०.५१%
निर्जीवन बीमा: ०.७६%
व्यापार: ०.७४%
अन्य समूह भने ०.५५ प्रतिशतले घटेको छ ।
उच्च वृद्धि र गिरावट
आज ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन् ।
यता, सप्तकोशी विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै ८.९६ प्रतिशतले घटेको छ । त्यसैगरी रिडी पावर ३.२१ प्रतिशत र धौलागिरि लघुवित्त २.८० प्रतिशतले घटेका छन् ।
सर्वाधिक कारोबार
आज सर्वाधिक कारोबार भएका कम्पनीहरूमा रिडी पावर, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, एसवाई प्यानल र कुमारी बैंक रहेका छन् ।