वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार ललितपुरको गोदावरी नगरपालिका – १९ निवासी ३८ वर्षीय रिजेन नगरकोटीलाई न्युजिल्यान्ड पठाइदिने बहानामा रु १६ लाख ३० हजार ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार अभियुक्तले वैदेशिक रोजगारीका नाममा रकम असुली गरी ठगी गरेको उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा उनलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका नगरकोटीलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।