रौतहट जिल्ला अदालतका एक कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाबाट खटिएको टोलीले अदालतका डिट्ठा लभकुमार सिंहलाई सेवाग्राहीसँग मुद्दा मिलाइदिने बहानामा ५० हजार रुपैयाँ घुस लिँदै गर्दा रंगेहात नियन्त्रणमा लिएको हो ।
उजुरी आयोगमा परेपछि विशेष निगरानी गर्दै डिएसपी राजिव श्रेष्ठको नेतृत्वमा टोलीले गौरस्थित जिल्ला अदालत परिसरमै उनलाई पक्राउ गरेको जनाएको छ ।
अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।