नेपाली बजारमा आज सुनको मूल्य फेरि बढेको छ । हिजोको तुलनामा आज छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ मा कारोबार भइरहेको छ । यस अनुसार आज सुनको मूल्यमा प्रतितोला ७ हजार ४०० रुपैयाँ वृद्धि भएको हो ।
त्यस्तै, आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार १४५ रुपैयाँ तोकिएको छ । हिजो सुन प्रतितोला २ लाख ९० हजार २०० र प्रति १० ग्राम २ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँ र प्रति १० ग्राम ४ हजार २४० रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ८४५ र प्रति १० ग्राम ४ हजार १५४ रुपैयाँमा कारोबार भएको थियो ।