बुधबार सेयर बजारको प्रमुख परिसूचक नेप्से ७४.७३ अंकले घटेको छ । यससँगै नेप्से २७७६ अंकमा कायम भएको छ । आज बजार खुलेदेखि दिनभर रातो अंकमा रह्यो । यसअघि आइतबार र सोमबार दुई दिनमा ११९ अंक घटेको बजार मंगलबार भने १९.७ अंक मात्र बढेको थियो ।
बजारमा उच्च गिरावट आएको भए पनि आजको कारोबार रकम करिब १ अर्बले बढेर १२ अर्ब १० करोड रुपैयाँ पुगेको छ । अघिल्लो दिन कारोबार रकम ११ अर्ब ११ करोड रुपैयाँ थियो ।
आज १३ कम्पनीको मूल्य बढेको छ भने २५५ कम्पनीको मूल्य घटेको छ ।
बजारका सबै समूहगत सूचक घटेका छन्। अन्य समूहको सूचक सबैभन्दा धेरै ५.२६ प्रतिशतले घट्दा नेपाल पुनर्बीमा कम्पनीको मूल्य सबैभन्दा धेरै ९.८४ प्रतिशत घटेको छ ।
अन्य समूहका समूहगत सूचकको विवरण यसप्रकार छ:
- बैंकिङ: २.३१%
- विकास बैंक: ३.१८%
- फाइनान्स: ३.०३%
- होटल तथा पर्यटन: २.१२%
- हाइड्रोपावर: २.८१%
- लगानी: २.६७%
- जीवन बीमा: २.०२%
- उत्पादन तथा प्रशोधन: ०.३९%
- माइक्रोफाइनान्स: १.९९%
- निर्जीवन बीमा: २.२२%
- व्यापार: ३.९६%
आज नयाँ सूचीकृत ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। मूल्य बढेका कम्पनीहरू हुन्:
- रिलायन्स स्पिनिङ मिल्स
- सुपरखुदी हाइड्रोपावर
- रिजलाइन इनर्जी
- सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक
- भुजुङ हाइड्रोपावर
- होटल फरेस्ट
त्यस्तै, मूल्य घटेका प्रमुख कम्पनीहरू:
- नेपाल पुनर्बीमा: ९.८४%
- सप्तकोशी विकास बैंक: ७.२८%
- नेसनल हाइड्रोपावर: ७.१७%
- शिवश्री हाइड्रोपावर: ७.००%
- हिमाल दोलखा हाइड्रोपावर: ६.४१%
आज उच्च कारोबार भएका कम्पनीहरूमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, ङादी ग्रुप, शिवम् सिमेन्ट र नेपाल पुनर्बीमा कम्पनी रहेका छन् ।