सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआईबी ) ले उनलाई काठमाडौंबाट पक्राउ गरेको मनोज केसीले जानकारी दिएका छन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले भट्टलाई कालोसूचीमा राखेको थियो । विभागले उनको पासपोर्ट रोक्का राख्नसमेत पत्राचार गरेको जनाएको छ ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।