स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ३ हजार ६०० रुपैयाँ र चाँदी १६५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ७८० रुपैयाँ निर्धारण गरिएको छ ।
हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँ रहेको थियो भने चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।