राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले अनावश्यक प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारले दुई तिहाइ बहुमत पुर्याउन आफ्नो दल तयार रहेको बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै शाहीले प्रदेश संरचना सञ्चालनका लागि वार्षिक करिब १ खर्ब रुपैयाँ खर्च भइरहेको बताए ।
उनले भने, ‘देशमा ८८४ जना सांसद छौं। प्रदेश संरचना पाल्न १ खर्ब खर्च भइरहेको अवस्था छ । यदि राजनीतिक दलका कार्यकर्ता सेटल्मेन्टका लागि ल्याइएको प्रदेश संरचना यही संसद्बाट यही सरकारले खारेज गर्छ भने दुई तिहाइ बहुमत पुर्याउन १८४ चाहिन्छ, हामी १८७ पुर्याउँछौं ।’
शाहीको भनाइअनुसार राप्रपा प्रदेश संरचना खारेज गर्ने राजनीतिक पहलमा सक्रिय भूमिका खेल्न तयार छ ।