बिहीबार नेप्से परिसूचकमा हल्का सुधार देखिएको छ । अघिल्लो दिन ७४.७३ अंकले घटेको बजार आज ५.८२ अंकले बढेर २,७८२ अंकमा कायम भएको छ । बजार खुलेपछि दिउँसो १ः०७ बजे नेप्से परिसूचक २,८०८ अंकसम्म पुगेको थियो, जुन कारोबार अवधिभरको उच्चतम अंक हो ।
आज बजारमा कारोबार रकम घटेको छ। अघिल्लो दिन १२ अर्ब १० करोड रुपैयाँको कारोबार भएकोमा आज ८ अर्ब ८१ करोड रुपैयाँ मात्र कारोबार भएको छ । आज ९८ कम्पनीको मूल्य बढेको छ भने १५८ कम्पनीको घटेको र १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बजार समूह अनुसार व्यापार २.५३ प्रतिशत, उत्पादन तथा प्रशोधन १.७६ प्रतिशत, लगानी ०.१५, हाइड्रोपावर ०.०५, होटल तथा पर्यटन ०.३९, विकास बैंक ०.४८ प्रतिशत बढेका छन् । बैंकिङ ०.११, फाइनान्स ०.८७, जीवन बीमा ०.१९, माइक्रोफाइनान्स ०.२९, निर्जीवन बीमा ०.३३ तथा अन्य समूह सूचक ०.०२ प्रतिशत घटेका छन् ।
आज ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । ती कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन् ।
सप्तकोशी विकास बैंकको मूल्य ७.४२, श्रीनगर एग्रिटेकको ५.७३ प्रतिशतले बढेको छ । भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै ३.०६ प्रतिशतले घटेको छ । क्रेस्ट माइक्रोफाइनान्स २.६५ र अभियान लघुवित्त २.६२ प्रतिशतले घटेका छन् ।
आज धेरै कारोबार भएका कम्पनीहरूमा एसवाई प्यानल, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर र अपी पावर रहेका छन् ।