यो रकम गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा ३७.७ प्रतिशतले बढी हो । फागुन महिनामा मात्रै १ खर्ब ८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।
गत वर्ष फागुन महिनामा १ खर्ब ५१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । खाडी मुलुकमा देखिएको तनावका कारण फागुनमा रेमिट्यान्स उच्च दरले प्रभावित हुने अनुमान भए पनि तथ्यांक सामान्य देखिएको छ ।
चालु आर्थिक वर्षको पहिलो ८ महिनामा अमेरिकी डलरमा रेमिट्यान्स ३१ प्रतिशतले बढेको छ । साउनदेखि फागुन मसान्तसम्म १० अर्ब १५ करोड अमेरिकी डलर बराबर रेमिट्यान्स भित्रिएको छ ।
त्यस्तै, ८ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ७३ हजार ५३६ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ५१ हजार ९८५ रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा क्रमशः ३ लाख १७ हजार ६८ र २ लाख १७ हजार ४०३ नेपालीले श्रम स्वीकृति लिएका थिए ।