आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५० रुपैयाँले घटेर ४ हजार ७ सय ८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । यसअघि आइतबार चाँदी प्रतितोला ४ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको थियो ।