मंगलबार सेयर बजार २.६१ अंकले घटेको छ । अघिल्लो दिन बजार ८३ अंकले बढेको थियो। आजको कारोबारपछि नेप्से परिसूचक २७५७ अंकमा कायम भएको छ ।
सुरुवाती कारोबारका क्रममा बजार बढे पनि ११:५० बजेपछि केही तल झरेको थियो । कारोबार सुरु भएको १० मिनेटमै नेप्से २७९२ अंकसम्म पुगेको थियो। आजको कारोबार रकम ६ अर्ब ७३ करोडमा सीमित रह्यो, अघिल्लो दिन १० अर्ब ९२ करोड थियो। धेरैजसो कम्पनीको मूल्य घटेको छ ।
आज ८२ कम्पनीको मूल्य बढ्दा १७५ कम्पनीको घटेको र १२ कम्पनीको स्थिर रह्यो । अधिकांश समूहका सूचक घटेका छन् । होटल तथा पर्यटन समूह १.०८ प्रतिशतले बढ्दा, व्यापार समूह सबैभन्दा धेरै १.८८ प्रतिशतले घटेको छ ।
अन्य समूहका परिसूचकहरू:
हाइड्रोपावर: ०.१५% वृद्धि
अन्य: ०.७१% वृद्धि
बैंकिङ: ०.०४% वृद्धि
निर्जीवन बीमा: ०.३३% घट्यो
माइक्रोफाइनान्स: ०.१९% घट्यो
उत्पादन तथा प्रशोधन: ०.०५% घट्यो
जीवन बीमा: ०.४५% घट्यो
विकास बैंक: ०.६२% घट्यो
फाइनान्स: ०.४१% घट्यो
लगानी: ०.४६% घट्यो
आज ६ कम्पनीको मूल्य १० प्रतिशतसम्म बढेको छ । ती कम्पनीहरू हुन्: भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट। त्रिशुली जलविद्युतको मूल्य ८.६३ प्रतिशतले बढेको छ ।
झापा इनर्जीको मूल्य सबैभन्दा धेरै ३.९६ प्रतिशतले घटेको छ । आज धेरै कारोबार भएका कम्पनीहरूमा ङादी ग्रुप, रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत्, एसवाई प्यानल र नेसनल हाइड्रोपावर रहेका छन् ।