सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउने तयारी गरेको छ ।
इन्धनको मूल्यमा भएको वृद्धिसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ले यातायात व्यवस्था विभाग लाई भाडा समायोजन गर्न सहमति दिएको हो ।
विभागका एक उच्च अधिकारीका अनुसार मन्त्रालयको सहमतिअनुसार भाडा दर समायोजन गर्ने निर्णय आजै गर्ने तयारी भइरहेको छ ।
नेपालमा इन्धनको मूल्य वृद्धि भएको अनुपातमा नै भाडा बढाउने तयारी गरिएको जनाइएको छ ।
मन्त्रालयले यात्रुवाहक सवारीसाधनको हकमा १६.७१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको हकमा २१.६८ प्रतिशत र तराई क्षेत्रका मालवाहक सवारीको हकमा १५.७५ प्रतिशत भाडा वृद्धि गर्न सहमति दिएको छ ।
यस निर्णयसँगै सार्वजनिक यातायात प्रयोग गर्ने सर्वसाधारणमा प्रत्यक्ष प्रभाव पर्ने अपेक्षा गरिएको छ ।