बुधबार सेयर बजार परिसूचक NEPSE २८ सय अंक नाघेको छ । अघिल्लो दिन २.६१ अंकले घटेको बजार आज ४५.१२ अंकले बढ्दै २८०२ अंकमा पुगेको हो। बन्द हुँदाको यो अंक नै कारोबार अवधिभरको उच्च बिन्दु हो ।
कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएकोमा आज ८ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।
आज २५१ कम्पनीको शेयर मूल्य बढ्दा १५ कम्पनीको घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । सबै समूहका सूचक उकालो लागेका छन्। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ३.८७ प्रतिशतले बढेको छ ।
अन्य समूहहरूमा बैंकिङ १.१५ प्रतिशत, विकास बैंक १.९८ प्रतिशत, फाइनान्स १.४५ प्रतिशत, होटल तथा पर्यटन २.५६ प्रतिशत, हाइड्रोपावर २.६१ प्रतिशत, लगानी १.३५ प्रतिशत, जीवन बीमा १.३१ प्रतिशत, माइक्रोफाइनान्स १.२८ प्रतिशत, निर्जीवन बीमा १.०१ प्रतिशत, अन्य ०.१५ प्रतिशत तथा व्यापार ०.६१ प्रतिशतले वृद्धि भएको छ ।
आज ६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रिटेक, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, रिजलाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक रहेका छन् ।
त्यस्तै सान्भी इनर्जीको ९.२२ प्रतिशत तथा बन्दीपुर केबुलकारको ८.१८ प्रतिशतले मूल्य बढेको छ ।
घट्ने कम्पनीहरूमा स्वेत गंगा हाइड्रोपावर ४.३५ प्रतिशत, माइखोला हाइड्रोपावर ३.२३ प्रतिशत तथा थ्रीस्टार हाइड्रोपावर २.२८ प्रतिशतले घटेका छन् ।
आज सबैभन्दा बढी कारोबार हुने कम्पनीहरूमा एसवाई प्यानल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र नेसनल हाइड्रोपावर रहेका छन् ।