शुक्रबार सेयर बजार १३.४६ अंकले घटेको छ। कारोबारपछि NEPSE Index २,८३७ अंकमा कायम भएको छ ।
आइतबार सार्वजनिक बिदा हुने भएकाले शुक्रबार नै कारोबार भएको हो । आज कारोबार रकम पनि केही घटेर ८ अर्ब ९९ करोड रुपैयाँमा सीमित रह्यो । अघिल्लो दिन ९ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको थियो ।
आज ५६ कम्पनीको शेयर मूल्य बढ्दा २०९ कम्पनीको घटेको छ भने ३ कम्पनी स्थिर रहेका छन् । समग्र बजार घटे पनि उत्पादन तथा प्रशोधन समूह भने सबैभन्दा धेरै १.५९ प्रतिशत (१८२ अंक) ले बढ्दै ११,६४२ अंकमा पुगेको छ, जुन हालसम्मकै उच्च हो ।
उत्पादन समूहसँगै हाइड्रोपावर समूह ०.०८ प्रतिशतले सामान्य बढेको छ । अन्य सबै समूहका सूचक घटेका छन् । बैंकिङ ०.७४, विकास बैंक ०.६७, फाइनान्स ०.६०, होटल तथा पर्यटन ०.४४, लगानी १.१२, जीवन बीमा ०.७१, माइक्रोफाइनान्स ०.७३, निर्जीवन बीमा ०.४८, अन्य १.३९ तथा व्यापार १.०६ प्रतिशतले घटेका छन् ।
आज ७ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनीहरूमा Palpa Cement, Bhujung Hydropower, Ridgeline Energy, Shikhar Power, Hotel Forest Inn, Super Khudi Hydropower र Suryakund Hydroelectric रहेका छन् ।
त्यस्तै Reliance Spinning Mills को ९.३६ प्रतिशत र Himalayan Hydropower को ८.४८ प्रतिशतले मूल्य बढेको छ ।
आज Maikhola Hydropower को शेयर मूल्य सबैभन्दा धेरै ४.०४ प्रतिशतले घटेको छ ।
सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा National Hydropower Company, रिलायन्स स्पिनिङ मिल्स, Ridi Power, Solu Hydropower र Aankhu Khola Jalvidyut Company रहेका छन् ।