नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विगतका निर्णयहरूको जिम्मेवारी लिन आफू तयार रहेको स्पष्ट पारे ।
आफूमाथि हुने सबै छानबिनका लागि तयार रहेको बताउँदै उनले आफ्नो कार्यकालमा भएका निर्णयहरू पारदर्शी रहेको र त्यसको सामना गर्न आफू नडराउने जिकिर गरे । उनले भने, “मेरै पालामा निर्णय गरेको हो भनेर मैले धेरै चोटी भनिसकेँ। तपाईंहरूले बुझ्नु हुन्न कि के हो ? सम्पूर्ण छानबिनका लागि म तयार छु ।”
वर्तमान सरकारको कार्यशैलीका बारेमा सोधिएको प्रश्नमा उनले अहिले नै टिप्पणी गर्ने बेला नभएको बताए ।