सर्लाहीबाट स्रोत नखुलेको नगद ८ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । ब्रहम्पुरी गाउँपालिका – ४ क्षेत्रबाट उक्त रकमसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा चन्द्रनगर गाउँपालिका – ४ निवासी २३ वर्षीय कृष्णकुमार पासवान र चन्द्रनगर गाउँपालिका – १ निवासी ४१ वर्षीय शिवनारायण महतो रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले भारतबाट भेल्ही चोकतर्फ आउँदै गरेको म.प्र.०३ – ०३७ प ७४५० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा नगद फेला पारेपछि पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार बरामद गरिएको रकमको स्रोत खुल्न नसकेकोले आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।