कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिकै रहेको चिया पसलबाट जुवातास खेल्दै गरेका ७ जना पक्राउ परेका छन्।
आइतबार बेलुकी पदमराज पन्तले सञ्चालन गरेको चिया पसलमा जुवातास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो।
प्रहरीले पसल सञ्चालक पदमराज पन्तसहित ७ जनालाई नगद ३६ हजार ४४२ रुपैयाँ र एक गड्डी ताससहित नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।