त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । श्रीलंकाको कोलम्बोबाट श्रीलंकन एयरलाइन्सको उडानमार्फत आज काठमाडौँ आएका उनलाई विमानस्थलको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
बरामद गाँजासहित ती व्यक्तिलाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको जनाइएको छ ।