नयाँ वर्षको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य उल्लेखनीय रूपमा बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा चार सय रुपैयाँ घटेको सुनको भाउ मंगलबार भने प्रतितोला तीन हजार एक सय रुपैयाँले वृद्धि भएको हो । आज सुन प्रतितोला दुई लाख ९९ हजार आठ सय रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन सोमबार भने सुन प्रतितोला दुई लाख ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला चार हजार नौ सय रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पाँच हजार ६५ रुपैयाँमा किनबेच भइरहेको छ । यो अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ६५ रुपैयाँले बढी हो ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस चार हजार सात सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।