पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–५ शंकरसखुवनियामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६० वर्षीय तुलसी राउत थारु रहेका छन् । प्रहरीका अनुसार, शुक्रबार बिहान घाँस काट्न गाउँनजिकैको जंगल गएका थारुमाथि बाघले आक्रमण गरेको थियो । उनको दाहिने खुट्टा र बाँया हात बाघले खाएको अवस्थामा शव सुगिभार नजिकको नर्सरीमा फेला परेको हो। शव फेला परेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए ।
ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापाका अनुसार, घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का तयार गरेर शव परीक्षणका लागि नारायणी अस्पतालमा पठाएको छ ।