वीरगंज महानगरपालिका–१६ स्थित धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको प्रसिद्ध भुटनदेवी मन्दिरमा सरसफाइ तथा खानेपानीको उचित व्यवस्थापन नहुँदा भक्तजन र स्थानीयवासीले सास्ती भोग्नुपरेको गुनासो गरेका छन् ।
लाखौँ भक्तजनको आस्था र विश्वासको केन्द्रका रूपमा रहेको यस मन्दिरमा दैनिक रूपमा दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि आवश्यक सरसफाइ र खानेपानीको उचित व्यवस्था हुनुपर्ने भए पनि त्यसको अभाव रहेको गुनासो गरिएको हो ।
धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने मन्दिर परिसरलाई स्वच्छ, सफा र व्यवस्थित राख्नुका साथै भक्तजनका लागि स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ । मन्दिर परिसरको वास्तविक अवस्था, भक्तजनले भोग्नुपरेका समस्या तथा यसको व्यवस्थापनमा सम्बन्धित निकायको भूमिका र योजनाबारे बुझ्ने प्रयास गरिएको छ ।
आखिर भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
यी विषयमा केन्द्रित रहेर तयार गरिएको भिडियो रिपोर्ट हेर्नुहोस् ।