पर्साका विभिन्न स्थानमा सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण स्थानीय बासिन्दाले दैनिक आवागमनमा सास्ती भोग्नुपरेको छ । लामो समयदेखि सडक मर्मतसम्भार नहुँदा पैदलयात्रीदेखि सवारी चालकसम्म समस्यामा परेका छन् ।
सडकमा पानी जम्ने, हिलो हुने र खाल्डाखुल्डी बढ्ने समस्याले सर्वसाधारणलाई आवतजावत गर्न कठिन भएको छ । विशेषगरी विद्यार्थी, ज्येष्ठ नागरिक तथा बिरामीलाई आवतजावतमा थप समस्या हुने गरेको छ।
वर्षात्का बेला सडकको अवस्था झन् बिग्रिने गरेको छ। हिलाम्मे सडकका कारण सवारीसाधन चिप्लिने तथा दुर्घटना हुने जोखिमसमेत बढेको छ । सडकको दुरवस्थाले स्थानीयको दैनिक जीवन प्रभावित भए पनि समस्या समाधानका लागि सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको स्थानीयको गुनासो छ ।
स्थानीयले सडकको तत्काल मर्मतसम्भार गरी आवागमन सहज बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्। सडकको अवस्था सुधार गर्न सम्बन्धित निकायले समयमै पहल गर्नुपर्ने उनीहरूको भनाइ छ ।