माध्यमिक शिक्षा परीक्षा (एसईई)मा अनुत्तीर्ण भएका विद्यार्थीका लागि आउँदो असार १ गतेदेखि ग्रेडवृद्धि (मौका) परीक्षा सञ्चालन हुने भएको छ ।
नन्ग्रेडेड सबै विद्यार्थीले यस परीक्षामा सहभागी हुन पाउनेछन् । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार यस वर्ष नियमिततर्फ २ लाख ८४ हजार १ सय ६० विद्यार्थी उत्तीर्ण भएका छन् भने १ लाख ४६ हजार ५ सय ७ विद्यार्थी नन्ग्रेडेड भएका छन् । गएको चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा कुल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी भएका थिए ।
बोर्डले ग्रेडवृद्धि परीक्षाका लागि सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । साथै, एसईईको नतिजामा चित्त नबुझेका विद्यार्थीका लागि पुनर्योगको तालिका पनि छिट्टै सार्वजनिक गरिने जनाएको छ ।