राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेश प्रदेशसभामा रिक्त रहेको समानुपातिक सदस्य पदका लागि महोत्तरीकी सरिता कुमारी ठाकुरलाई सिफारिस गरेको छ ।
यसअघि प्रदेशसभा सदस्य रहेकी कञ्चन बिच्छालाई पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा राप्रपाले फिर्ता बोलाएर कारबाही गरेको थियो । त्यसपछि अदालतले समेत उनको रिट खारेज गर्दै सांसद पदबाट पदमुक्त हुने फैसला गरेको थियो ।
बिच्छा पदमुक्त भएपछि रिक्त रहेको उक्त स्थानमा नयाँ सदस्य सिफारिस गर्न निर्वाचन आयोगबाट पत्र प्राप्त भएको र सोही क्लस्टरको समानुपातिक सूचीमा दोस्रो नम्बरमा रहेकी ठाकुरलाई सिफारिस गरिएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्।