स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा चार हजार रुपैयाँ र चाँदीको मूल्य तोलामा ३५५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु. २ लाख ९८ हजार ५०० कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु. ५ हजार ३९० रहेको छ ।
हिजो बिहीबार छापावाल सुन प्रतितोला रु. ३ लाख २ हजार ५०० मा कारोबार भएको थियो भने चाँदी प्रतितोला रु. ५ हजार ७४५ मा खरिदबिक्री भएको थियो । बुधबार पनि सुन प्रतितोला रु. ३ लाख २ हजार २०० र चाँदी रु. ५ हजार ७१० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस ४ हजार ६७८ अमेरिकी डलर र चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।