दुर्गा प्रसाई वीरगंजबाट पक्राउ परेका छन् ।
पर्सा प्रहरीले उनलाई वीरगञ्जको दियोलो होटलबाट पक्राउ गरेको हो । उनलाई विभिन्न मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको स्रोतले जनाएको छ । यता प्रहरी स्रो कुन कसुरमा पक्राउ गरिएको भन्नेबारे आधिकारिक रुपमा भने बताएको छैन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक रहेका दुर्गा प्रसाईंको भोलि ११ बजे बिहान वीरगञ्जको प्रसिद्ध धार्मिक स्थल गहवामाई मन्दिर मा पूजा–पाठ गर्ने कार्यक्रम तय गरिएको थियो ।