स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा रु. ५०० ले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु. २ लाख ९४ हजार ८०० मा कारोबार भएको छापावाला सुन आजका लागि रु. २ लाख ९५ हजार ३०० निर्धारण गरिएको छ ।
यसैगरी चाँदीको मूल्य पनि तोलामा रु. ४५ ले वृद्धि भएको छ । सोमबार प्रतितोला रु. ५ हजार ४० मा कारोबार भएको चाँदी आजका लागि रु. ५ हजार ८५ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।