बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२ दशमलव ३६ अंकले घटेर दुई हजार ७४२ दशमलव ११ बिन्दुमा कायम भएको छ ।
बजार परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । बिहीबार कुल रु ३ अर्ब ८९ करोड ८४ लाख १८ हजार ३८५ दशमलव २७ बराबरको शेयर कारोबार भएको हो । यसअघि बुधबार नेप्से ३० दशमलव ०८ अंकले बढ्दा रु ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार ९६६ बराबरको शेयर खरिदबिक्री भएको थियो ।
आज ३४८ कम्पनीका ८९ लाख ५५ हजार ५४५ कित्ता शेयर किनबेच भएका छन् । कारोबारमा सहभागी कम्पनीमध्ये ७२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ । नौ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
बिहीबार अधिकांश समूहगत परिसूचकमा गिरावट देखिएको छ । बैंकिङ समूह ०.५७ प्रतिशत, विकास बैंक ०.३१ प्रतिशत, फाइनान्स ०.२१ प्रतिशत, होटल तथा पर्यटन ०.८६ प्रतिशत, हाइड्रोपावर ०.६८ प्रतिशत, लगानी ०.३३ प्रतिशत, जीवन बिमा ०.१० प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३६ प्रतिशत, माइक्रोफाइनान्स ०.४५ प्रतिशत, निर्जीवन बिमा ०.४२ प्रतिशत तथा अन्य समूह ०.३१ प्रतिशतले घटेका छन् । व्यापार समूह भने स्थिर रहेको छ ।
आज बुङ्गल हाइड्रोपावर को शेयर मूल्य सबैभन्दा धेरै ९ दशमलव २६ प्रतिशतले बढेको छ । यस्तै अपर लोहोरेखोला हाइड्रोपावर को शेयर मूल्य सबैभन्दा धेरै १४ दशमलव ९५ प्रतिशतले घटेको छ ।