नेपाली बजारमा आज सुन–चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार यही सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोला १ सय ५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदी प्रतितोला ५ हजार १ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
बजारमा अन्तर्राष्ट्रिय मूल्यको प्रभावका कारण सुन–चाँदीको भाउमा उतारचढाव भइरहेको व्यवसायीहरू बताउँछन् ।