सप्तरी प्रहरीले राजविराज नगरपालिकाबाट लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा राजविराज नगरपालिका–११ स्थित श्याम नारायण यादवको घरबाट करिब ४६ ग्राम गाँजासहित चार जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सोही घरका ४८ वर्षीय श्याम नारायण यादव, राजविराज नगरपालिका–१ राजदेवी टोलका २४ वर्षीय निरज रजक, राजविराज नगरपालिका–७ का ११ वर्षीय ललितकुमार दास र राजविराज नगरपालिका–१ डुमरी टोलका ४५ वर्षीय हरेराम यादव रहेका छन् ।
सप्तरी प्रहरीका प्रवक्ता डम्बरबहादुर पुरीका अनुसार उनीहरूको साथबाट ४५ ग्राम ९७० मिलिग्राम गाँजा बरामद गरिएको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत सप्तरीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।