डिजिटल भुक्तानीमार्फत वस्तु तथा सेवा खरिद गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) मा १० प्रतिशत छुट दिइने भएको छ ।
संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताएका हुन् ।
हाल उपभोक्ताले मूल्य अभिवृद्धि करबापत १३ प्रतिशत कर तिर्दै आएका छन् ।