सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि निजगढ–काठमाडौं द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनामा १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै द्रुतमार्ग निर्माणलाई तीव्रता दिन उक्त रकम छुट्याइएको जानकारी दिएका हुन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ–काठमाडौं द्रुतमार्ग निर्माण सम्पन्न भएपछि काठमाडौं र तराई–मधेशबीचको यात्रा समय उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ ।
सरकारले पूर्वाधार विकास तथा सडक सञ्जाल विस्तारलाई प्राथमिकतामा राख्दै द्रुतमार्ग निर्माण कार्यलाई आगामी वर्ष पनि निरन्तरता दिएको जनाएको छ ।
बजेट भाषण २०८३/०८४ || Live || Birgunj City ||