स्थानीय बजारमा बिहीबार सुनचाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला रु ५ हजार २०० ले घटेर रु २ लाख ७८ हजार ३०० कायम भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला रु २५० ले घटेर रु ४ हजार २३५ निर्धारण गरिएको छ । बुधबार सुन प्रतितोला रु २ लाख ८३ हजार ५०० र चाँदी प्रतितोला रु ४ हजार ४८५ मा कारोबार भएको थियो । त्यस्तै, मंगलबार सुन प्रतितोला रु २ लाख ८७ हजार १०० तथा चाँदी प्रतितोला रु ४ हजार ५९० मा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ९९९ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ ।