नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७७ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसअघि सोमबार सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँ कायम भएको थियो ।