शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • छिटो नतिजा प्रकाशनमा छलाङ, परीक्षाको विश्वसनीयतामाथि प्रश्न
छिटो नतिजा प्रकाशनमा छलाङ, परीक्षाको विश्वसनीयतामाथि प्रश्न
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, असार १६, २०८३
A1 Beakery Add A1 Beakery Add

सरकारले एसईई र कक्षा १२ को नतिजा यस वर्ष विगतको तुलनामा निकै छिटो सार्वजनिक गरेपछि प्रशंसा बटुलेको छ । तर नतिजामा देखिएका त्रुटि, पुनर्योगपछि अंक परिवर्तन हुने क्रम र विद्यार्थीको असन्तुष्टिले परीक्षा प्रणालीको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सम्पन्न भएको ४० औँ दिनमै कक्षा १२ र २९ औँ दिनमै एसईईको नतिजा सार्वजनिक गरेको थियो । यसअघि नतिजा प्रकाशनका लागि ७० देखि ९० दिनसम्म लाग्ने गरेको थियो ।

तर, नतिजा सार्वजनिक भएपछि कक्षा १२ का विद्यार्थीले नतिजा त्रुटिपूर्ण भएको आरोप लगाउँदै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका थिए। उनीहरूले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको राजीनामासमेत माग गरेका थिए ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार कक्षा १२ को नतिजामा चित्त नबुझेर ३२ हजार ८ सय विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका छन् । गत वर्ष भने ४२ हजार २ सय विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए, जसमध्ये करिब ३ प्रतिशतको नतिजामा परिवर्तन आएको थियो। यस वर्षको पुनर्योग नतिजा भने अझै सार्वजनिक भएको छैन ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

एसईईमा पनि ३२ हजार २ सय विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए। परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार तीमध्ये १ हजार ८ सय ७९ जनाको नतिजा परिवर्तन भएको छ, जुन आवेदन दिने विद्यार्थीमध्ये ५.८१ प्रतिशत हो। गत वर्ष २६ हजार ३ सय आवेदनमध्ये ८ सय ९० जना अर्थात् ३.३२ प्रतिशतको नतिजा मात्रै परिवर्तन भएको थियो ।

विद्यार्थीको विरोधपछि शिक्षा मन्त्रालयले नतिजा प्रक्रियाको अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिव सम्मिलित समितिले उत्तरपुस्तिका स्याम्पलिङ परीक्षण, प्राप्ताङ्क परीक्षण, डेटा इन्ट्रीको प्रमाणीकरणलगायत विषय अध्ययन गरी प्रतिवेदन बुझाउनेछ । नतिजा हतारमा सार्वजनिक गर्दा त्रुटि बढेको आरोपलाई शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले अस्वीकार गरेका छन् । उनका अनुसार जनशक्ति थप्नुका साथै प्रशासनिक प्रक्रिया छोट्याएर छिटो नतिजा प्रकाशन गरिएको हो ।

गत वर्षदेखि बोर्डले पुनर्योगका लागि अनलाइन आवेदन प्रणाली लागू गर्दै शुल्क पनि बढाएको छ । हाल एसईईको पुनर्योगका लागि ५ सय रुपैयाँ र कक्षा १२ को प्रत्येक विषयका लागि १ हजार रुपैयाँ शुल्क लाग्छ । बोर्डकै त्रुटिका कारण नतिजा परिवर्तन हुँदा पनि विद्यार्थीले शुल्क तिर्नुपर्ने व्यवस्थाप्रति विद्यार्थी र अभिभावकले आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा धेरैले बोर्डको गल्ती प्रमाणित भएमा पुनर्योग शुल्क सम्बन्धित विद्यार्थीलाई फिर्ता गर्नुपर्ने माग गरेका छन् ।

गत वर्ष कक्षा १२ को पुनर्योगका क्रममा शिक्षकले अंक जोड्दा, प्राप्ताङ्क पोस्टिङ गर्दा तथा कम्प्युटरमा डेटा इन्ट्री गर्दा त्रुटि भएको भेटिएको थियो । यस वर्ष एसईईमा पनि यस्तै समस्या देखिएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए। उनका अनुसार ७० अंक प्राप्त विद्यार्थीको ७ अंक मात्रै इन्ट्री भएको तथा प्राप्ताङ्क जोड्दा परीक्षकबाट गल्ती भएका घटना भेटिएका थिए ।

यसै वर्ष एसईईका करिब एक हजार उत्तरपुस्तिका हराएको घटनाले पनि परीक्षा व्यवस्थापनमाथि प्रश्न उठाएको छ। पछि तीमध्ये केही उत्तरपुस्तिका परीक्षण केन्द्रमै छुटेको अवस्थामा फेला परेका थिए । यसबीच शिक्षाविद् र सरोकारवालाले छिटो नतिजा निकाल्नुभन्दा निष्पक्ष, सही र विश्वसनीय मूल्यांकनलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् । सामाजिक सञ्जालमा हिमांशु पौडेलले उत्तरपुस्तिका परीक्षणमा हुने सामान्य लापरबाहीले हजारौँ विद्यार्थीको भविष्य, आत्मविश्वास र अवसरमा प्रत्यक्ष असर पार्ने भएकाले गुणस्तरीय मूल्यांकनमा जोड दिनुपर्ने बताएका छन् ।

परीक्षा नियन्त्रक शर्माले भने पुनर्योग आवेदन बढ्नुमा अनलाइन प्रणालीको सहज पहुँच पनि कारण रहेको बताए । उनका अनुसार यसअघि विद्यार्थीले बोर्डको कार्यालयमै पुगेर आवेदन दिनुपर्ने व्यवस्था रहेकामा अहिले अनलाइनबाटै आवेदन दिन सकिने भएकाले आवेदन संख्या बढेको हो । पुनर्योग शुल्कबाट उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकको पारिश्रमिकसमेत वृद्धि गरिएको उनले जानकारी दिए । प्रतिउत्तरपुस्तिका परीक्षणबापत शिक्षकले पहिले ४० रुपैयाँ पाउँथे भने अहिले ४५ रुपैयाँ पाउने व्यवस्था गरिएको छ ।

सरकारले ३० देखि ४५ दिनभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य दिएपछि यस वर्ष कक्षा १२ को उत्तरपुस्तिका परीक्षण केन्द्र २८ बाट बढाएर ४२ पुर्‍याइएको थियो । तर पर्याप्त प्रत्यक्ष तालिम नदिई अनलाइन माध्यमबाट मात्रै अभिमुखीकरण गरिएकाले परीक्षणमा त्रुटि बढेको बोर्डका केही अधिकारीहरूको भनाइ छ ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य प्राध्यापक प्रकाशमान श्रेष्ठले भने छिटो नतिजा सार्वजनिक गरिएकै कारण यसको विश्वसनीयतामाथि धेरै प्रश्न उठाउन नहुने बताए । उनका अनुसार प्रत्येक वर्ष केही मानवीय त्रुटि हुने गरे पनि पुनर्योगपछि अस्वाभाविक रूपमा ठूलो संख्यामा नतिजा परिवर्तन भए मात्र गम्भीर प्रश्न उठाउनुपर्ने हुन्छ । उनले पुनर्योग शुल्क सम्बन्धी व्यवस्था भने पुनर्विचार गर्न आवश्यक रहेको बताए ।

हाल पुनर्योगपछि पनि चित्त नबुझेका विद्यार्थीले थप शुल्क तिरेर उत्तरपुस्तिका हेर्न तथा पुनः परीक्षण गराउन सक्ने व्यवस्था रहेको बोर्डले जनाएको छ ।

भिडियाे सामाग्री


प्रकाशित मिति: मंगलबार, असार १६, २०८३  १३:०८
#राष्ट्रिय परीक्षा बोर्ड #विद्यार्थी #नेपाल समाचार #शिक्षा मन्त्रालय #एसईई #कक्षा १२ #उत्तरपुस्तिका #नतिजा #शिक्षा समाचार #सस्मित पोखरेल #पुनर्योग #परीक्षा प्रणाली
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप शिक्षा
देशभरका १०९ सामुदायिक विद्यालयमा ६ अर्बभन्दा बढी लगानी गर्दै शिक्षा मन्त्रालय
देशभरका १०९ सामुदायिक विद्यालयमा ६ अर्बभन्दा बढी लगानी गर्दै शिक्षा मन्त्रालय बुधबार, असोज २८, २०८३
विश्वका विश्वविद्यालयको सूचीमा त्रिभुवन विश्वविद्यालय पछाडि
विश्वका विश्वविद्यालयको सूचीमा त्रिभुवन विश्वविद्यालय पछाडि मंगलबार, असोज २७, २०८३
कावेरी एकेडेमीको ‘लिटिल स्टार जम्बोरी’ कार्यक्रम सम्पन्न
कावेरी एकेडेमीको ‘लिटिल स्टार जम्बोरी’ कार्यक्रम सम्पन्न शनिबार, असोज २४, २०८३
शिक्षकलाई सवारी साधन खरिदमा सुविधा, ऋणको ब्याज सरकारले बेहोर्ने
शिक्षकलाई सवारी साधन खरिदमा सुविधा, ऋणको ब्याज सरकारले बेहोर्ने शुक्रबार, असोज २३, २०८३
त्रिविको नतिजा ढिलाइ नगर्न शिक्षामन्त्रीको निर्देशन
त्रिविको नतिजा ढिलाइ नगर्न शिक्षामन्त्रीको निर्देशन बिहीबार, असोज २२, २०८३
मधेशको शिक्षामा देखियो नीतिगत सुधारको आवश्यकता
मधेशको शिक्षामा देखियो नीतिगत सुधारको आवश्यकता मंगलबार, असोज २०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP