काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका पठाउन लागिएको कार्गोबाट सुन तथा चाँदीजस्ता देखिने गरगहना फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार जुत्ता, पाइन्ट, सारी तथा अन्य कपडा उल्लेख गरिएको कार्गो बाकस एक्सरे परीक्षणका क्रममा सुन तथा चाँदीको जस्तो देखिने धातुका गरगहना फेला परेका हुन् ।
प्रारम्भिक अनुसन्धानबाट उक्त सामग्री युनिक कार्गो, बौद्धमार्फत एपेक्स लजिष्टिकको माध्यमबाट काठमाडौंबाट अमेरिका पठाउन लागिएको खुलेको प्रहरीले जनाएको छ ।
घटनासँग सम्बन्धित आरोपमा प्रहरीले एपेक्स लजिष्टिकका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गोका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाललाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
के के बरामद भयो गहना ?


