कारोबार हुने हप्ताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४सय रुपैयाँले घटेर २ लाख ९० हजार ३सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार भने सुनको मूल्य एकैदिन प्रतितोला ७ हजार २ सय रुपैयाँले बढेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ४ हजार ६ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय१५ रुपैयाँ रहेको थियो ।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढाव तथा विनिमय दरको प्रभावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको छ।