शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #२ अर्ब ३९ करोड
  • #उपेन्द्रकुमार साह
  • #जिल्ला अदालत पर्सा
  • #कारागार चलान
  • #सागरकुमार साह
  • #शंकास्पद वित्तीय कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #राहुलकुमार गुप्ता
यहाँ खोज्नुहोस्
your add here your add here
अर्थ बाणिज्य
  • गृहपृष्ठ
  • अर्थ बाणिज्य
  • तीन दशकपछि पुनः सञ्चालनको तयारीमा हेटौंडा कपडा उद्योग
तीन दशकपछि पुनः सञ्चालनको तयारीमा हेटौंडा कपडा उद्योग
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, असार २६, २०८३
A1 Beakery Add A1 Beakery Add

करिब तीन दशकदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारी सरकारले थालेको छ ।

उद्योग पुनः सञ्चालनको सम्भाव्यता अध्ययन, सरसफाइ तथा प्रारम्भिक तयारीको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उद्योग पुनः सञ्चालनका लागि अध्ययन प्रतिवेदन तयार गर्ने, मेसिनहरूको अवस्था मूल्यांकन गर्ने तथा परीक्षण उत्पादनको तयारी गर्ने काम अघि बढाइएको छ । सरकारले यस कार्यलाई सय दिने प्रगतिभित्र समेटेको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार उद्योगको सरसफाइ, मेसिन परीक्षण तथा प्रारम्भिक अध्ययनका लागि नेपाली सेनालाई ३३ लाख रुपैयाँ बजेट उपलब्ध गराइसकिएको छ । उनका अनुसार पुराना मेसिन सञ्चालनयोग्य भए परीक्षण उत्पादन गरिनेछ। परीक्षण सफल भए दीर्घकालमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका लागि आवश्यक पोसाक स्वदेशमै उत्पादन गर्ने योजना सरकारको छ ।

सुवेदीले भविष्यमा बुटवल धागो उद्योगलाई समेत पुनः सञ्चालनमा ल्याई कपास खेतीसँग जोडेर कपडा उत्पादनलाई आत्मनिर्भर बनाउने अवधारणा रहेको बताए । सुरक्षा निकायको आवश्यकतापछि अन्य सरकारी तथा सार्वजनिक निकायका लागि आवश्यक कपडासमेत स्वदेशमै उत्पादन गर्ने लक्ष्य सरकारको रहेको उनले बताए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार हाल सेनाका प्राविधिक टोलीले उद्योगभित्र रहेका मेसिनहरूको अवस्था, उत्पादन क्षमता तथा सञ्चालन सम्भावनाबारे विस्तृत अध्ययन गरिरहेको छ । अध्ययन प्रतिवेदन तयार भएपछि सरकारलाई बुझाइने उनले बताए ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०३२ साल साउन १६ गते स्थापना भएको हेटौंडा कपडा उद्योगले २०३५ साल मंसिर १० गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । उद्योगले २०५६ साल फागुन १ गतेदेखि पूर्ण रूपमा उत्पादन बन्द गरेको थियो ।

उद्योगको स्वामित्वमा हाल १६६ रोपनी जग्गा रहेको छ । उद्योग पुनः सञ्चालनको सरकारी पहललाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको छ । गार्मेन्ट एसोसिएसन नेपालका अध्यक्ष पशुपतिदेव पाण्डेका अनुसार उद्योग पुनः सञ्चालनले रोजगारी सिर्जना र औद्योगिक गतिविधि विस्तारमा योगदान पुर्‍याउनेछ । तर दीर्घकालीन सफलताका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

उनले कपास तथा अन्य कच्चा पदार्थको स्वदेशमै उत्पादन बढाउनुपर्ने र आधुनिक, कम ऊर्जा खपत गर्ने प्रविधि प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् । साथै उत्पादन हुने कपडाको सुनिश्चित बजार व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने उनको धारणा छ। उद्योग पूर्ण क्षमतामा सञ्चालन हुँदा वार्षिक २ हजार ३ सय टन धागो उत्पादन तथा करिब १ करोड १० लाख मिटर कपडा उत्पादन गर्ने क्षमता रहेको थियो । उद्योग सञ्चालनको समयमा करिब १ हजार २ सय जनाले प्रत्यक्ष रोजगारी पाएका थिए ।

नेपाली सेनाले २०८० सालमा तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार सुरक्षा निकायका लागि वार्षिक २६ लाख मिटर कपडा उत्पादन गर्न करिब ७० करोड रुपैयाँ बराबरको आधुनिक मेसिनरी आवश्यक पर्ने अनुमान गरिएको छ । भवन मर्मत, पूर्वाधार निर्माण तथा अन्य व्यवस्थापन खर्चसहित उद्योग पुनः सञ्चालनका लागि करिब १ अर्ब ९३ करोड रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

किन बन्द भएको थियो हेटौंडा कपडा उद्योग?

सुरुआती सफलतापछि उद्योगमा राजनीतिक हस्तक्षेप बढ्दै गयो भने व्यावसायिक व्यवस्थापन कमजोर बन्दै गयो । आवश्यकताभन्दा बढी कर्मचारी नियुक्ति, उत्पादन लागत नियन्त्रणमा असफलता तथा प्रविधिको आधुनिकीकरण हुन नसक्दा उद्योग प्रतिस्पर्धामा कमजोर बन्यो ।

यसैबीच भारत, चीन लगायतका मुलुकबाट सस्तो र गुणस्तरीय कपडा आयात हुन थालेपछि उद्योगको उत्पादन महँगो पर्न थाल्यो । प्रशासनिक खर्च बढ्दै जाँदा उद्योग निरन्तर घाटामा गयो र अन्ततः २०५६ साल फागुन १ गतेदेखि पूर्ण रूपमा बन्द भयो ।

भिडियाे सामाग्री


प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  ११:२१
#नेपाल प्रहरी #सशस्त्र प्रहरी #नेपाली सेना #मकवानपुर #रोजगारी #उद्योग मन्त्रालय #स्वदेशी उत्पादन #सरकारी उद्योग #औद्योगिकीकरण #हेटौँडा कपडा उद्योग #कपडा उद्योग #सुरक्षा निकायको पोसाक #बुटवल धागो उद्योग #औद्योगिक पुनरुत्थान #कपास खेती
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अर्थ बाणिज्य
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो सोमबार, असोज २६, २०८३
चिनियाँ सामान नाकामै रोकिँदा दसैं बजार महँगिने संकेत
चिनियाँ सामान नाकामै रोकिँदा दसैं बजार महँगिने संकेत सोमबार, असोज २६, २०८३
सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो सोमबार, असोज २६, २०८३
३६ अर्बको विमानस्थल सुनसान, व्यवसायीको गुनासो– हामी ठगियौँ
३६ अर्बको विमानस्थल सुनसान, व्यवसायीको गुनासो– हामी ठगियौँ सोमबार, असोज २६, २०८३
लगातार चौथो दिन बढ्यो सुनको मूल्य, आज कति छ बजारभाउ ?
लगातार चौथो दिन बढ्यो सुनको मूल्य, आज कति छ बजारभाउ ? आइतबार, असोज २५, २०८३
पर्सामा सशस्त्र प्रहरीद्वारा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
पर्सामा सशस्त्र प्रहरीद्वारा १५ लाखभन्दा बढीको अवैध सामान बरामद शनिबार, असोज २४, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद, १ युवक प्रहरी नियन्त्रणमा
उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद, १ युवक प्रहरी नियन्त्रणमा वीरगंज सिटी
जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका फरार कैदी पक्राउ
जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका फरार कैदी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
सुखचैनको शिव मन्दिर संरक्षणमा चरम लापरबाही, वडाध्यक्षको प्रतिबद्धता आश्वासन मै सीमित
सुखचैनको शिव मन्दिर संरक्षणमा चरम लापरबाही, वडाध्यक्षको प्रतिबद्धता आश्वासन मै सीमित वीरगंज सिटी
दसैँको अवसरमा वीरगंजस्थित  गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ?
दसैँको अवसरमा वीरगंजस्थित गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ? वीरगंज सिटी
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज ओमानसँग खेल्ने
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज ओमानसँग खेल्ने वीरगंज सिटी
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
बक्स अफिसमा ‘चमेलीको पोई’ र ‘चंगुल’को निराशाजनक सुरुवात
बक्स अफिसमा ‘चमेलीको पोई’ र ‘चंगुल’को निराशाजनक सुरुवात वीरगंज सिटी
अमेरिका पुगेका कलाकार नेपाल फर्किए, ‘छ माया छपक्कै–२’ मा भने देखिएनन्
अमेरिका पुगेका कलाकार नेपाल फर्किए, ‘छ माया छपक्कै–२’ मा भने देखिएनन् वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP