स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय १० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।