काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक १०।६७ अङ्कले घटेको छ । बजार २ हजार ६१८।७२ विन्दुमा पुगेर बन्द भएको हो ।
शुक्रबार ३४४ कम्पनीका १ करोड २२ हजार कित्ता सेयर किनबेच भएका छन् । दिनभर भएको कारोबारको कुल रकम ४ अर्ब १६ करोड ७६ लाख १८ हजार ८८२ रुपैयाँ पुगेको छ ।
कारोबारको अन्त्यमा ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
सर्वोत्तम पेन्ट्सका लगानीकर्ता उत्साहित
शुक्रबारको बजारमा सर्वोत्तम पेन्ट्सको सेयर मूल्य सर्वाधिक १४।९९ प्रतिशतले बढेको छ । त्यस्तै, पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य १३।८६ प्रतिशतले वृद्धि भएको छ ।
राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन तथा हाथवे इन्भेस्टमेन्ट नेपाललगायत कम्पनीका लगानीकर्ताले पनि सेयर मूल्य बढेपछि लाभ लिएका छन् ।
रिलायन्स स्पिनिङको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको २६ करोड ३७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
त्यस्तै, सोलु हाइड्रोपावरको २४ करोड ५३ लाख, रुरु जलविद्युत परियोजनाको १८ करोड ६७ लाख, साहस ऊर्जाको १८ करोड ४१ लाख तथा तामोर हाइड्रोको १३ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
शुक्रबारको कारोबारमा समग्र बजार परिसूचकसँगै अधिकांश कम्पनीको सेयर मूल्य घटे पनि केही कम्पनीमा भने उल्लेख्य वृद्धि देखिएको छ ।