सुध्रिन नसकेको राजनीतिक संस्कार, जेनजी विद्रोहको सन्देश बेवास्ता गर्दै एमाले पर्सामा भाँडभैलो: वीरगञ्ज महानगर नेतृत्व चयनमा छताछुल्ल भयो विवाद
मुलुकको राजनीतिमा नयाँ दलहरूको उदय, युवा तथा ‘जेनजी’ पुस्ताको वैचारिक जागरण र नीतिप्रधान बहस तीव्र भइरहेका बेला पुराना राजनीतिक दलहरू भने अझै पनि गुटगत खिचातानी र आन्तरिक पदको लडाइँ मै अल्झिएका छन् । यही प्रवृत्तिको ताजा उदाहरण नेकपा (एमाले) पर्सामा देखिएको छ, जहाँ वीरगञ्ज महानगर कमिटीको नेतृत्वलाई लिएर पार्टीभित्रको आन्तरिक विवाद सामाजिक सञ्जालदेखी चाेक चाेकसम्म छताछुल्ल भएको छ ।
एमाले पर्साका जिल्ला अध्यक्ष डा. विश्वम्बर कुमार शर्मा पक्षले महानगर कमिटीको संयोजक तोकेको केही घण्टा मै कार्यवाहक नगर अध्यक्ष लियाकत अलीले कडा विज्ञप्ति जारी गर्दै उक्त निर्णयलाई ठाडै अस्वीकार गरेपछि पार्टीभित्रको कलह उत्कर्षमा पुगेको हो ।
विस्तृत भिडियाे समाग्री ....