काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु १,६२,८०० कायम रहेको छ । यो मूल्य हिजोको तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ५ ले घटेर रु १,९१० मा कारोबार भइरहेको छ ।