वीरगंजदेखि भारतको राजधानी नयाँ दिल्लीसम्म १ हजार ६० किलोमिटर पैदलयात्रा गरेका वीरगन्जका युवा शेख मुन्नाले सञ्चारकर्मीहरूलाई प्रेस ज्याकेट वितरण गरेका छन्।
उनले वीरगंजमा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीलाई प्रेस ज्याकेट वितरण गरेका हुन्। वीरगंजमा आयोजित कार्यक्रममा उनले जनताका समस्या निरन्तर उजागर गर्दै आएका पत्रकारलाई आफ्नो तर्फबाट सानो सहयोगस्वरूप प्रेस ज्याकेट वितरण गरेको बताए।
नेपाललाई विश्वमाझ चिनाउने उद्देश्यले आफूले वीरगंजदेखि दिल्लीसम्म पैदलयात्रा गरेको शेख मुन्नाले बताए।शेख मुन्नाले वीरगंजबाट सुरु गरेको यात्रा २२औँ दिनमा नयाँ दिल्लीस्थित इन्डिया गेट पुगेर पूरा गरेका थिए। उनले नेपाली पोशाकमा सजिएर साउन २१ गते वीरगंजबाट यात्रा सुरु गरेका थिए।