नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत लिग चरणको २५औँ खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको टसमा जनकपुर बोल्ट्सका कप्तान हर्मित सिंहले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन्। टस हारेलगत्तै चितवन राइनोजले पहिले बलिङ गर्ने भएको छ ।
जनकपुर बोल्ट्सका लागि लिग चरणको यो अन्तिम खेल हो भने चितवन राइनोजले आफ्नो छैटौँ खेल खेल्दैछ ।
हालसम्म ६ खेल खेलेको जनकपुरले दुई खेलमा जित हात पारेको छ। त्यस्तै, चितवनले दुई खेलमा जित र एक खेलमा अंक बाँड्दै कुल पाँच अंक जोडेको छ ।
लिग चरणको अन्तिम खेलमा जनकपुर जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ भने चितवनका लागि पनि यो खेल अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने अवसरका रूपमा रहेको छ ।