नेपाली बजारमा आज सुनको भाउ सामान्य घटेको छ भने चाँदीको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँले घटेर २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ प्रतितोला २ हजार ९०० रुपैयाँले घटेर २ लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ प्रतितोला ४० रुपैयाँले बढेको छ । हिजो प्रतितोला ६० रुपैयाँले घटेर ४ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४३० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।