शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #धरौटीमा रिहा
  • #उपेन्द्रकुमार साह
  • #जिल्ला अदालत पर्सा
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #शंकास्पद वित्तीय कारोबार
  • #कारागार चलान
यहाँ खोज्नुहोस्
your add here your add here
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • विश्वका विश्वविद्यालयको सूचीमा त्रिभुवन विश्वविद्यालय पछाडि
विश्वका विश्वविद्यालयको सूचीमा त्रिभुवन विश्वविद्यालय पछाडि
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, असोज २७, २०८३
A1 Beakery Add A1 Beakery Add

देशकै सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालयका रूपमा रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय शैक्षिक प्रतिष्ठा निरन्तर खस्किँदै गएको छ । टाइम्स हायर एजुकेसन (टीएचई) को पछिल्लो विश्व विश्वविद्यालय र्‍याङ्किङअनुसार त्रिवि १८०१ देखि २००० सम्मको समूहमा सीमित भएको छ। यसले विश्वविद्यालयको शैक्षिक गुणस्तर, अनुसन्धान क्षमता र व्यवस्थापकीय प्रभावकारितामाथि पुनः प्रश्न उठाएको छ  ।

टीएचईको विश्व विश्वविद्यालय र्‍याङ्किङमा सन् २०१९ मा पहिलोपटक सहभागी हुँदा त्रिवि ८०१ देखि १००० सम्मको समूहमा थियो। सन् २०२० मा यसको स्थान १००१ देखि १२०० सम्मको समूहमा पुगेको थियो भने २०२१ र २०२२ मा पुनः ८०१ देखि १००० सम्मको समूहमा फर्किएको थियो। सन् २०२३ सम्म यही समूहमा रहेको त्रिवि सन् २०२४ मा १२०१ देखि १५०० सम्मको समूहमा झर्‍यो ।

त्यसपछि सन् २०२५ र २०२६ मा १५०१ देखि २००० सम्मको समूहमा रहेको त्रिवि सन् २०२७ को पछिल्लो र्‍याङ्किङमा १८०१ देखि २००० सम्मको समूहमा परेको छ। यससँगै अन्तर्राष्ट्रिय शैक्षिक प्रतिस्पर्धामा त्रिविको अवस्था थप कमजोर देखिएको छ ।

अनुसन्धान र अन्तर्राष्ट्रिय सहभागितामा कमजोरी

Add Sarwotam HospitalAdd Sarwotam Hospital

त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटीका अनुसार पहिले त्रिविअन्तर्गतका चिकित्साशास्त्र अध्ययन संस्थान, इन्जिनियरिङ, विज्ञान तथा प्रविधिलगायतका संकाय र संस्थानहरू एक हजारभन्दा माथिको वरीयतामा पर्ने गरेका थिए । केही संस्थानको वरीयता ६०० देखि ८०० को हाराहारीमा समेत रहेकोमा अहिले धेरैको अवस्था एक हजारको हाराहारीमा पुगेको छ ।

टीएचईको मूल्याङ्कनमा समग्र विश्वविद्यालयको वरीयता खस्किएपछि सुधारका प्रयास थालिएको उनले बताए। उनका अनुसार विगतमा विभिन्न कार्यदलमार्फत भएका प्रयासलाई व्यवस्थित गर्न केन्द्रीय कार्यालयअन्तर्गतको अनुसन्धान महाशाखालाई जिम्मेवारी दिइएको छ ।

‘यसअघि विभिन्न कार्यदलमार्फत गरिएका प्रयासहरूलाई थप व्यवस्थित बनाउन अब केन्द्रीय कार्यालयअन्तर्गतको अनुसन्धान महाशाखालाई जिम्मेवारी दिइएको छ,’ उनले भने ।

उनका अनुसार महाशाखाले प्राध्यापक तथा विद्यार्थीका लेख रचना सङ्कलन गरी अनलाइन पोर्टलमा राख्नेछ। यसबाट अनुसन्धानसम्बन्धी विवरण व्यवस्थित हुनुका साथै विश्वविद्यालयको र्‍याङ्किङ सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। नयाँ टोलीले यसलाई नियमित कामका रूपमा अघि बढाएको र प्रणाली पूर्ण रूपमा कार्यान्वयन भएपछि त्रिविको वरीयता सुधार हुने विश्वास उनले व्यक्त गरे ।

र्‍याङ्किङमा अनुसन्धान र अन्तर्राष्ट्रिय पहुँचको प्रभाव

विश्वविद्यालय अनुदान आयोगका निर्देशक एवं प्रवक्ता डा. केदारप्रसाद आचार्यले त्रिविको वरीयतामा आएको गिरावटलाई मूल्याङ्कनका मापदण्डसँग पनि जोडेर हेर्नुपर्ने बताए ।

उनका अनुसार टीएचईको र्‍याङ्किङमा विद्यार्थी सङ्ख्या मात्र नभई अनुसन्धान, नवीनता, अन्तर्राष्ट्रिय विद्यार्थी तथा प्राध्यापकको अनुपातजस्ता पक्षलाई महत्त्व दिइन्छ ।

‘पहिला ८०० देखि १००० को बीचमा रहेको र्‍याङ्किङ अहिले केही परिवर्तन हुनुको मुख्य कारण र्‍याङ्किङका मापदण्डहरू फरक हुनु हो। यसमा विद्यार्थीको सङ्ख्याभन्दा पनि अनुसन्धान, नवीनता र विदेशी विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकको प्रतिशतजस्ता महत्त्वपूर्ण मापदण्डहरू जोडिएका छन्,’ उनले भने ।

नेपालजस्तो विकासोन्मुख देशमा विदेशी विद्यार्थी र प्राध्यापकको सङ्ख्या कम हुनु तथा चिकित्सा शिक्षालगायतका क्षेत्रमा विदेशी विद्यार्थीको आगमन घट्नुले पनि र्‍याङ्किङमा असर पार्न सक्ने उनको भनाइ छ ।

आचार्यले विश्वविद्यालयको वरीयता सुधार्न समग्र शैक्षिक प्रणालीको गुणस्तर बढाउनुपर्नेमा जोड दिए। उनका अनुसार कक्षा ११ र १२ को पठनपाठन सुधार गर्ने, विज्ञान विषय अध्ययन गरेका योग्य विद्यार्थीलाई प्राविधिक शिक्षातर्फ आकर्षित गर्ने, स्नातक र स्नातकोत्तर तहको पठनपाठन प्रभावकारी बनाउने तथा पाठ्यक्रम समयानुकूल परिमार्जन गर्न आवश्यक छ ।

त्यसैगरी शिक्षकको क्षमता अभिवृद्धि गर्ने र कक्षाकोठामा पढ्ने तथा पढाउने संस्कृतिमा सुधार ल्याउनु पनि उत्तिकै आवश्यक रहेको उनले बताए।

नेतृत्व र व्यवस्थापकीय कमजोरी पनि जिम्मेवार

त्रिविका पूर्वउपकुलपति प्रा.डा. तीर्थराज खनियाँले विश्वविद्यालयको अन्तर्राष्ट्रिय वरीयता खस्कनुमा नेतृत्वको कमजोरी, विज्ञताको अभाव र र्‍याङ्किङका मापदण्डबारे पर्याप्त जानकारी नहुनुजस्ता कारण रहेको बताए ।

उनका अनुसार सन् २०१९ मा विश्वका ८०१ देखि १००० सम्मका विश्वविद्यालयको समूहमा प्रवेश गरेको त्रिविले त्यसपछिका वर्षमा आफ्नो स्थान जोगाउन पर्याप्त प्रयास गर्न सकेन ।

विश्वविद्यालयको र्‍याङ्किङ सुधार गर्न प्राज्ञिक प्रदर्शन, अनुसन्धानको गुणस्तर, अन्तर्राष्ट्रिय सहकार्य र मूल्याङ्कनका मापदण्डबारे स्पष्ट बुझाइ आवश्यक रहेको उनले बताए।

‘र्‍याङ्किङ निर्धारण गर्दा विश्वविद्यालयको प्राज्ञिक प्रदर्शन, लगनशीलता, र्‍याङ्किङका शीर्षकहरू र कसरी नम्बर आउँछन् भन्ने कुराको गहिरो जानकारी र व्यवस्थापन आवश्यक हुन्छ,’ खनियाँको भनाइ छ ।

उनका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थी तथा प्राध्यापकको उपस्थिति, विदेशी विश्वविद्यालयसँगको सहकार्य र अनुसन्धानको गुणस्तरले वरीयतामा महत्त्वपूर्ण भूमिका खेल्छन्। यी पक्षमा पर्याप्त ध्यान दिन नसक्दा त्रिविको अवस्था कमजोर बनेको उनको विश्लेषण छ ।

विदेशी विद्यार्थी तथा प्राध्यापकलाई आकर्षित गर्न उपयुक्त नीतिगत व्यवस्था गर्ने, अनुसन्धानको गुणस्तर र उद्धरण सङ्ख्या बढाउने तथा यस क्षेत्रका विज्ञको छुट्टै टोली बनाएर व्यवस्थित रूपमा काम गर्नुपर्नेमा उनले जोड दिए ।

राजनीतिक हस्तक्षेप र ढिलासुस्तीले विद्यार्थी निराश

त्रिविको वरीयता खस्कनुका पछाडि राजनीतिक हस्तक्षेप, अनुसन्धानमा न्यून लगानी, पुराना पाठ्यक्रम, परीक्षा सञ्चालनमा अनियमितता र नतिजा प्रकाशनमा हुने ढिलाइलाई पनि प्रमुख कारणका रूपमा लिइएको छ ।

विश्वविद्यालयका नियुक्ति तथा शैक्षिक निर्णयमा दलीय प्रभाव हाबी हुने गरेको गुनासो पुरानै हो। शिक्षक तथा कर्मचारीका सङ्गठन राजनीतिक भागबन्डामा विभाजित हुँदा सुधारका प्रयास प्रभावित हुने गरेको आरोपसमेत लाग्दै आएको छ ।

समयमै परीक्षा नहुनु, नतिजा प्रकाशनमा ढिलाइ हुनु र शैक्षिक सत्र नियमित नहुँदा विद्यार्थीमा निराशा बढेको छ। अनुसन्धानका लागि पर्याप्त बजेट, प्रोत्साहन र पूर्वाधारको अभावले विश्वविद्यालयको शैक्षिक प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाएको देखिन्छ।

विश्वका विश्वविद्यालयहरू डिजिटल प्रविधि, नवीन अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यमा अघि बढिरहेका बेला त्रिवि भने पुरानो पाठ्यक्रम तथा प्रशासनिक प्रक्रियाको समस्याबाट मुक्त हुन सकेको छैन ।

यसैबीच उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको सङ्ख्या बढ्दै जाँदा स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने क्षमतामाथि पनि प्रश्न उठ्न थालेको छ। देशभित्रै गुणस्तरीय शिक्षा र रोजगारीको अवसर सुनिश्चित गर्न नसके विद्यार्थी विदेशिने क्रम अझ बढ्न सक्ने चिन्ता सरोकारवालाले व्यक्त गर्दै आएका छन् ।

पूर्वशिक्षामन्त्री भट्टराईको जोड : पाठ्यक्रम र डिजिटल प्रणाली सुधार्नुपर्छ

पूर्वशिक्षामन्त्री विद्या भट्टराईले त्रिविमा सुधार गर्नुपर्ने विषय धेरै रहेको बताइन्। उनले पाठ्यक्रम समयानुकूल परिमार्जन गर्न ढिलाइ भइरहेको तथा परीक्षा र नतिजा प्रकाशनको प्रक्रियामा समस्या रहेको औँल्याइन्।

‘समयमा परीक्षा हुने, समयमा नतिजा निस्कने कुरामाथि नै थुप्रै प्रश्नचिह्नहरू खडा भइरहेका छन्,’ भट्टराईले भनिन्।

उनका अनुसार विश्वविद्यालयका सेवा तथा प्रशासनिक प्रक्रियालाई अझै प्रविधिमैत्री बनाउन सकिएको छैन। डिजिटल प्रणाली लागू गरिएका क्षेत्रमा समेत त्यसलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक छ ।

‘अहिले भौतिक रूपमा मान्छे त्यहाँ उपस्थित नभईकन उसले आफ्नो कुरा प्राप्त गर्ने अवस्था छैन,’ उनले भनिन्, ‘यो सबै सुधार गर्दै जाने कुराले एउटा राम्रो पक्ष निर्माण गर्छ ।’

सुधारको आवश्यकता, कार्यान्वयनको चुनौती

त्रिविको खस्कँदो अन्तर्राष्ट्रिय वरीयता केवल एउटा सूचकमा आएको गिरावट मात्र होइन, विश्वविद्यालयको समग्र शैक्षिक अवस्था सुधार्नुपर्ने आवश्यकताको सङ्केत पनि हो। सुधारका लागि पटकपटक समिति गठन भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो छ ।

विश्वविद्यालयको प्रतिष्ठा फर्काउन परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई नियमित बनाउने, विद्यार्थी सेवालाई डिजिटल बनाउने, पाठ्यक्रम परिमार्जन गर्ने, अनुसन्धानमा लगानी बढाउने तथा प्राध्यापक र विद्यार्थीलाई अनुसन्धानका लागि प्रोत्साहित गर्न आवश्यक छ ।

त्यसैगरी राजनीतिक हस्तक्षेप घटाउने, नियुक्ति प्रक्रियालाई योग्यतामा आधारित बनाउने, अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य विस्तार गर्ने र विदेशी विद्यार्थी तथा प्राध्यापकलाई आकर्षित गर्ने नीति अवलम्बन गर्नुपर्ने देखिन्छ ।

देशकै पुरानो र ठूलो विश्वविद्यालयको अन्तर्राष्ट्रिय साख खस्कँदै जाँदा प्रश्न उठेको छ—त्रिविको वरीयता सुधार्ने घोषणा र कार्यदल गठनमै सीमित हुने कि शैक्षिक गुणस्तर, अनुसन्धान र विद्यार्थी सेवामा वास्तविक परिवर्तन पनि ल्याइनेछ ?


प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  १०:४९
#त्रिभुवन विश्वविद्यालय #अनुसन्धान #शैक्षिक गुणस्तर #राजनीतिक हस्तक्षेप #शिक्षा समाचार #विद्यार्थी समस्या #उच्च शिक्षा #विश्वविद्यालय सुधार #त्रिवि र्‍याङ्किङ #विश्व विश्वविद्यालय वरीयता #टाइम्स हायर एजुकेसन
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप शिक्षा
कावेरी एकेडेमीको ‘लिटिल स्टार जम्बोरी’ कार्यक्रम सम्पन्न
कावेरी एकेडेमीको ‘लिटिल स्टार जम्बोरी’ कार्यक्रम सम्पन्न शनिबार, असोज २४, २०८३
शिक्षकलाई सवारी साधन खरिदमा सुविधा, ऋणको ब्याज सरकारले बेहोर्ने
शिक्षकलाई सवारी साधन खरिदमा सुविधा, ऋणको ब्याज सरकारले बेहोर्ने शुक्रबार, असोज २३, २०८३
त्रिविको नतिजा ढिलाइ नगर्न शिक्षामन्त्रीको निर्देशन
त्रिविको नतिजा ढिलाइ नगर्न शिक्षामन्त्रीको निर्देशन बिहीबार, असोज २२, २०८३
मधेशको शिक्षामा देखियो नीतिगत सुधारको आवश्यकता
मधेशको शिक्षामा देखियो नीतिगत सुधारको आवश्यकता मंगलबार, असोज २०, २०८३
लालपुर्जा नहुँदा जनकपुरको याज्ञवल्क्य संस्कृत विद्यालयको ६ करोड बजेट फ्रिज हुने जोखिम
लालपुर्जा नहुँदा जनकपुरको याज्ञवल्क्य संस्कृत विद्यालयको ६ करोड बजेट फ्रिज हुने जोखिम आइतबार, असोज १८, २०८३
विद्यालय कि गोठ ? ९ वर्ष बितिसक्दा पनि विद्यालयको अवस्था उस्तै,  परिसरमै गाईभैंसी तथा बाख्रा
विद्यालय कि गोठ ? ९ वर्ष बितिसक्दा पनि विद्यालयको अवस्था उस्तै, परिसरमै गाईभैंसी तथा बाख्रा शनिबार, असोज १७, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना वीरगंज सिटी
धानको भुसभित्र लुकाएर गाँजा तस्करी, १५९ किलोसहित चालक पक्राउ
धानको भुसभित्र लुकाएर गाँजा तस्करी, १५९ किलोसहित चालक पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो वीरगंज सिटी
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना
कलैयामा बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री फेला, दुई पसललाई १५ हजार जरिवाना वीरगंज सिटी
प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर सखुवाप्रसौनीमा विवाद, विकास निर्माण प्रभावित
प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर सखुवाप्रसौनीमा विवाद, विकास निर्माण प्रभावित वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने वीरगंज सिटी
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज ओमानसँग खेल्ने
क्रिकेट विश्वकप लिग–२ : नेपालले आज ओमानसँग खेल्ने वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
कीर्तिपुरमा नेपथ्यको गुञ्जन कीर्तिपुरस्थि, आठ हजारभन्दा बढी दर्शक सङ्गीतमा झुमे
कीर्तिपुरमा नेपथ्यको गुञ्जन कीर्तिपुरस्थि, आठ हजारभन्दा बढी दर्शक सङ्गीतमा झुमे वीरगंज सिटी
अनमोल केसी र समीर भट्ट : समानता धेरै, अभिनय र फिल्मी छवि फरक
अनमोल केसी र समीर भट्ट : समानता धेरै, अभिनय र फिल्मी छवि फरक वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP