काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ बाट सम्मान गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उक्त पुरस्कार प्रदान गरेका हुन् । हाल व्यावसायिक फुटबल खेल्न फ्रान्समा रहेकी साम्बा भने पुरस्कार लिन उपस्थित थिइनन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदान गर्ने उक्त पुरस्कार साम्बाका बुबाले ग्रहण गरेका थिए। फुटबलमार्फत देशलाई चिनाउन महत्वपूर्ण योगदान गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।