आफ्नै छोरीलाई करणी गरी त्यसको भिडियो Google Drive मा राख्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
साइबर ब्यूरो काठमाडौँ र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले उनलाइ पक्राउ गरेकाे हाे । National Center for Missing & Exploited Children (NCMEC) को Cyber Tipline Report नं. 207962886 का आधारमा गरिएको अनुसन्धानमा ती व्यक्तिले Child Sexual Abuse Materials (CSAM) तयार गरी Google Drive मा राखेको पुष्टि भएको हो ।
तिनले प्रयोग गरेका मोबाइल नम्बरहरू 9805371410, 9704755026, 9827546601 र Gmail अकाउन्टमार्फत अनुसन्धान गर्दा ती व्यक्तिले आफ्नै छोरीलाई करणी गरेको भिडियो सामग्री तयार पारी आफ्नो Gmail Account को Google Drive मा सुरक्षित राखेको खुलेको हो ।
साइबर ब्यूरो, भोटाहिटी काठमाडौँ र पर्सा प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले चैत २२ गते ती व्यक्तिलाई मोबाइलसहित नियन्त्रणमा लिई अनुसन्धानका लागि कार्यालय ल्याएको छ । पक्राउ परेका व्यक्तिलाई जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
उनलाई करणीसम्बन्धी कसूर र विद्युत् (इलेक्ट्रोनिक्स) तथा कारोवार ऐन, २०६३ अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति पर्साको छपकैयाका हुन् ।